Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका
२०७६ मङ्सिर ३० सोमबार ११:३३:००
स्वास्थ्य र जीवनशैली

यसकारण गरौँ रक्तदान

नयाँ पत्रिका
२०७६ मङ्सिर ३० सोमबार ११:३३:००

 डा. नीरजकुमार सिंह
कन्सल्ट्यान्ट हेमाटोलोजिस्ट
वीर अस्पताल

जीवित रहनका लागि नभई नहुने तत्व हो रगत, यो प्लाज्मा र रक्तकोषबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिडलगायत पोषक तत्वसँगै अक्सिजनलगायत आवश्यक पदार्थ हरेक अंगमा पु-याउने काम गर्छ । रगतले कार्बनडाइअक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने पदार्थलाई बाहिर निकाल्ने कामसमेत गर्छ । 

हरेक दुई सेकेन्डमा कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । दुर्घटनाग्रस्त, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि विभिन्न अवस्थामा रगतको आवश्यकता अझै धेरै पर्छ । 

कसले नगर्ने ?

  •  रगतमा आइरन र हेमोग्लोबिनको कमी भएका व्यक्तिले रक्तदान गर्नुहुँदैन । 
  •  रक्तदान गर्ने व्यक्ति कुनै दीर्घरोग र संक्रामक रोग नभएको हुनुपर्छ । जस्तै, छारेरोगको औषधि सेवन गरिरहेको व्यक्तिले रक्तदान गर्न मिल्दैन ।  
  •  महिनावारी भएको अवस्था, गर्भवती र बच्चालाई दूध खुवाइरहेका महिलाले रक्तदान गर्नुहुँदैन ।
  •  विशेष पेसा भएका व्यक्ति अर्थात् मेसिनरी काम गर्ने, जस्तैः पाइलट, ड्राइभर, अस्पताल अर्थात् अन्य क्षेत्रमा मेसिनमा काम गर्ने व्यक्तिहरू रक्तदान गर्नासाथ काममा जान मिल्दैन । उनीहरूले केही समय आराम गर्नुपर्छ । 
  •  शरीरमा ट्याटु खोपेका व्यक्तिले पनि रक्तदान गर्न मिल्दैन । 

यसकारण गर्ने रक्तदान

  • स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व हो, जुन  प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ । तीन–तीन महिनामा रक्तदान गर्दा शरीरमा ताजा रगत बग्न सघाउ पुग्छ । जुन स्वास्थ्यका दृष्टिकोणले एकदमै राम्रो हो ।
  • सामान्यतया १८ वर्ष देखि ५६ वर्षको स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छ । रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रम समेत हाम्रो समाजमा रहेको पाइन्छ । तर, उचित पौष्टिक आहारको सेवन गर्दा कुनै समस्या हुँदैन ।