Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
ली क्विङक्विङ
२०७६ मङ्सिर १५ आइतबार ०९:०८:००
दृष्टिकोण

जलवायु परिवर्तन न्यूनीकरणमा अमेरिका–चीनको सहकार्य

ली क्विङक्विङ
२०७६ मङ्सिर १५ आइतबार ०९:०८:००

ट्रम्प राष्ट्रपति बनेयता अमेरिका–चीन सहकार्यले धेरै कठिनाइको सामना गरिसकेको छ

चीनले बुधबार जलवायु परिवर्तनबारे सन् २०१९ का लागि आफ्नो नीति सार्वजनिक गरेको छ । रिपोर्टमा चीनले तीव्र रूपमा वृद्धि भइरहेको हरितगृह ग्यास उत्सर्जन कम गर्दै लगेको उल्लेख छ । मंगलबार संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) ले सार्वजनिक गरेको रिपोर्टमा पछिल्लो दशकमा हरितगृह ग्यास उत्सर्जन बढेको उल्लेख थियो । ‘सन् २०१४ देखि २०१६ सम्म विश्वव्यापी रूपमा उत्सर्जन कम गर्न महत्वपूर्ण प्रयास हुनुका बाबजुद उत्सर्जन बढेको छ,’ युएनइपीको रिपोर्टमा उल्लेख छ ।

चीनको उत्सर्जन फेरि बढ्दै छ । तर, संयुक्त राष्ट्रसंघले नियाल्न जरुरी छ, चीनमा उत्सर्जन बढेको भए पनि तीव्र वृद्धिको दर कम भइरहेको छ । उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यसहित चीन अघि बढिरहेको छ, तर यो बिस्तारै हुनेछ । 

चीनले जलवायु परिवर्तनसँग जुध्ने काम गरिरहेको छ र महाशक्तिका रूपमा जिम्मेवारी पनि लिइरहेको छ । जब कि अमेरिकाको अडान बिल्कुल फरक छ । सन् २०१४ मा चिनियाँ प्रिमियर ली किक्वायङले ‘प्रदूषणविरुद्ध युद्ध’ घोषणा गरेका थिए, त्यसयता चीनले आफ्नो औद्योगिक प्रभावकारिता र नवीकरणीय ऊर्जामा लगानी बढाएको छ । चीनले फेरि जलवायु सम्झौताअन्तर्गत गरिएका प्रतिबद्धतालाई पनि पूरा गरिरहेको छ । यी प्रयासहरूको प्रशंसा गर्नैपर्छ । तर, यस्तो लाग्छ कि अमेरिका आफ्ना काँधमा जिम्मेवारी लिन तयार छैन ।

युएनइपीको रिपोर्टअनुसार सन् २०१८ मा अमेरिकाको प्रतिव्यक्ति हरितगृह ग्यास उत्सर्जन दर विश्वका अन्य देशको औसत दरभन्दा बढी छ । नोभेम्बरको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमै पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन् । गत अगस्टमा जी–७ राष्ट्रको सम्मेलनअन्तर्गत भएको जलवायु परिवर्तनसम्बन्धी छलफलमा पनि ट्रम्प सहभागी भएनन् । तर, विश्वमा विध्वंस मच्चाउने गरी हुने प्राकृतिक प्रकोप र परिवर्तित मौसमबाट अमेरिका अलग रहन सक्दैन ।

उच्च मौसमको सामना गरिरहँदा सहकार्य नै समाधानको उपाय हो, यो अमेरिकी जनताका लागि मात्रै होइन, मानव समुदायको भविष्यका लागि पनि महत्वपूर्ण छ

गत जनवरीमा अति चिसो मौसमका कारण मध्यपश्चिम अमेरिकामा १० जनाको मृत्यु भयो, धेरै मानिस बिरामी भए । गत जुलाईमा दशौँ लाख अमेरिकीले खतरनाक उच्च तापक्रमको असर खेप्नुप¥यो । यस्तो अतिवादी मौसमले मानिसलाई मात्रै होइन, अमेरिकी कम्पनीलाई पनि ठूलो क्षति पु-याएको अर्थात् मौसम परिवर्तनका कारण अमेरिकी अर्थतन्त्रमा पनि ठूलो क्षति पुगेको छ । तर, के अझै ट्रम्प प्रशासन यसलाई नियन्त्रणमा राख्न केही गर्नेवाला छैन ? यदि अमेरिकाले आफ्नो अल्पकालीन स्वार्थबाहेक अरू केही वास्ता नगर्ने हो भने उसले आफ्नो र अरूको भविष्य पनि बर्बाद गर्दै छ । 

ट्रम्प राष्ट्रपति बनेयता अमेरिका–चीन सहकार्यले धेरै कठिनाइको सामना गरिसकेको छ । तर, दुई देशले अझै पनि जलवायु परिवर्तन र यससँग सम्बन्धित अन्य धेरै विषयमा सहकार्य गर्न सक्ने अवसर छ । सोमबार स्पेनमा २५औँ युएन जलवायु सम्मेलन आयोजना हुँदा महाशक्ति तथा विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाले चीनसँग छलफल गर्ने अपेक्षा हामी गर्न सक्छौँ । जलवायु परिवर्तनसँग जुध्नु अमेरिका र चीन दुवैको साझा आवश्यकता हो । दुई देशबीच आफ्ना जिम्मेवारीलाई लिएर अहिले फरक बुझाइ छन्, तर ट्रम्प प्रशासनले बुझ्न जरुरी छ– उच्च मौसमको सामना गरिरहँदा सहकार्य नै समाधानको उपाय हो । यो अमेरिकी जनताका लागि मात्रै होइन, मानव समुदायको भविष्यका लागि पनि महत्वपूर्ण छ । 
(चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सबाट)