Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2020
नयाँ पत्रिका काभ्रे
२०७६ मङ्सिर १३ शुक्रबार ०८:३६:००
प्रदेश

भारतीय हस्तक्षेपविरुद्ध क्रान्तिकारी माओवादीले बुझायो ज्ञापनपत्र

नयाँ पत्रिका काभ्रे
२०७६ मङ्सिर १३ शुक्रबार ०८:३६:००

भारतले नेपाली सीमा मिचेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा काभ्रेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । मोर्चा क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा हो । उनीहरूले बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले बुझाएको विज्ञप्तिमा भारतले जारी गरेको नक्कली नक्सालाई प्रतिबन्ध गरी सक्कली नक्सा प्रकाशन गर्न र तीनवटै तहका सरकारले त्यसैलाई प्रयोगमा ल्याउन माग गरिएको छ । ज्ञापनपत्र बुझाएपछि उनीहरूले धुलिखेल सरसती बजारमा नेपालको नक्सा प्रदर्शन गर्दै कोणसभा गरेका थिए । कोणसभामा उनीहरूले भारतीय हस्तक्षेप र दादागिरीको चर्को आलोचना गरे ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कान्छाराम तामाङले भारतले एक वर्षअघि नै त्यस्तो नक्सा तयार पारेको भन्दै आफ्नो पार्टीले त्यसैवेलादेखि संघर्ष गरिरहेको बताए । उनले नेपालका राजनीतिक दलले विरोध गरेजस्तो गरेर नक्कली देशभक्ति प्रदर्शन गरेको समेत आरोप लगाए । काभ्रे मोर्चाका अध्यक्ष जितबहादुर लामाले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नभए जस्तोसुकै संघर्ष गर्न तयार हुने बताए ।