मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
नयाँ पत्रिका जुम्ला
२०७६ कार्तिक २३ शनिबार १३:११:००
समाचार

खलंगा बजारको एक होटलमा आगलागी

नयाँ पत्रिका जुम्ला
२०७६ कार्तिक २३ शनिबार १३:११:००

जुम्लाको सदरमुकाम खलंगा बजारको होटलमा आगलागी भएको छ। चन्दननाथ नगरपालिक ५ मा नवराज श्रेष्ठले संचालन गरेको नेवाकिचन खाजा घरमा शनिबार बिहाना ११ बजे आगलागी भएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडिआगलागी भएको कारण तत्काल दामकल, विपद् व्यवस्थापकको टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

श्रेष्ठले आफ्नै घरमा होटल संचालन गरेका थिए । आगलागी पूजापाठ गर्दा भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । समयमै दमकल पुगेको कारण ठूलो क्षति हुन नपाएको जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।