• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक २ शनिबार ०६:५६:००
मुख्य समाचार

रौतहट घटनाबारे बोल्यो कांग्रेस : सभापति देउवा भन्छन्– लोकतन्त्र र कांग्रेसमाथि योजनाबद्ध आक्रमण

२०७६ कार्तिक २ शनिबार ०६:५६:००

 रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ । सभापति शेरबहादुर देउवाले १२ वर्ष पुरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् ।  

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेस र लोकतन्त्रविरुद्ध षड्यन्त्र सुरु गरेको छ । १२ वर्षअघिको मुद्दा ब्युँझाएर प्रहार गर्न थालेको छ ।’ 

नेता कृष्णप्रसाद सिटौलाले पनि आलम मुद्दा उठाएरकांग्रेसविरुद्ध षड्यन्त्र गरिएको  बताए । ‘यहाँ ग्रान्ड डिजाइन नै बनाएर कांग्रेसविरुद्ध लागेका छन् । मोहम्मद अफ्ताव आलमविरुद्ध आएका समाचार यसैको नमुना हो,’ सिटौलाले भने । 

२७ चौत ०६४ मा रौतहट बमकाण्ड हुँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सिटौला गृहमन्त्री थिए । अपराधबाट उन्मुक्ति दिन सिटौलाले त्यतिवेला आलमलाई साथ दिएको पीडितको आरोप छ ।