मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 01 December, 2021
ज्ञानु पंगेनी
२०७५ पौष २६ बिहीबार ०८:०७:००
Read Time : < 1 मिनेट
समाचार

बैंक नहुँदा भूकम्पपीडितलाई समस्या

Read Time : < 1 मिनेट
ज्ञानु पंगेनी
२०७५ पौष २६ बिहीबार ०८:०७:००

हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा बैंक नहुँदा भूकम्पपीडितलाई अनुदान रकम लिन समस्या भएको छ । कावासोतीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले बुधबार गरेको अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरूले तीनवटै स्थानीय तहमा बैंक नहुँदा निजी आवास निर्माणको अनुदान लिन स्थानीयलाई समस्या भएको बताए ।
बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले भूकम्पपीडितले अनुदान रकमका लागि निकै झन्झट व्यहोर्दै आएको बताए । बौदीकालीका भूकम्पपीडितले कावासोती र दलदलेका बैंकबाट अनुदान रकम बुझ्दै आएका छन् । ‘पीडितले दुई–तीन दिन बैंकमा धाएर रकम बुझ्नपर्ने बाध्यता छ,’ अध्यक्ष रानाले भने, ‘अनुदान रकम स्थानीय तहबाटै बुझ्ने व्यवस्था मिलाउन सके ठूलो राहत हुने थियो ।’ 

 वन क्षेत्रमा आवास  निर्माण हुँदा समस्या
कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले केही पीडितले वनको जग्गामा आवास निर्माण गर्दा विवाद बढेको बताए । कावासोतीका केही पीडितले जग्गा अभावमा वन क्षेत्रको पर्ती जमिनमा समेत आवास निर्माण गरेका छन् । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले ऐलानी र पर्ती जग्गामा बसोवास गर्ने सुकुमवासीलाई अनुदान रकमको व्यवस्था गर्न माग गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्य हरिराम पराजुलीले सरकारले तोकेको मापडण्डभित्र रहेर मात्रै प्राधिकरणले काम गर्नुपर्ने बताए । ‘सरकारले नै बैंकबाट मात्रै अनुदानको किस्ता बुझ्न सकिने व्यवस्था गरेको छ,’ पराजुलीले भने, ‘अहिले नै स्थानीय तहबाट अनुदान दिन सकिँदैन ।’ उनले ऐलानी र पर्ती जमिनमा बसोवास गर्ने सुकुमवासीले पनि अनुदान रकम पाउने जानकारी दिए । त्यसका लागि वडाबाट सर्जमिन गर्नुपर्ने उको भनाइ थियो । जिल्ला आयोजना एकाइ प्रमुख राजेन्द्र कार्कीले पुनर्निर्माणको क्षेत्रमा जिल्लामा भएको कामको विवरण प्रस्तुत गरेका थिए । नवलपुरमा ८ सय ७२ जना लाभग्राही छन् ।