सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
२०७६ असोज ९ बिहीबार ०६:३५:००
समाचार

प्रदेश सरकारद्वारा प्रहरीलाई गाडी हस्तान्तरण

२०७६ असोज ९ बिहीबार ०६:३५:००

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरीका लागि भनेर किनेको नौवटा गाडी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । हुँदै नभएका प्रदेश प्रहरीका लागि गाडी किनेर अढाई महिनादेखि चौरमा थन्क्याएपछि सञ्चारमाध्यमले यसबारे खोजीनीति गरेका थिए । त्यसपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीलाई गाडी हस्तान्तरण गर्ने निर्णय गरेको थियो । 

प्रदेशका नौवटै जिल्लास्थित जिल्ला प्रहरी कार्यालयलाई एक/एकवटा गाडी दिइने भएको छ । ती गाडी प्रतिगोटा ३६ लाख ९९ हजार रुपैयाँका दरले किनिएको थियो ।आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्साललाई बुधबार मन्त्रालयमा गाडीको साँचो हस्तान्तरण गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अढाई महिनाअघि खरिद गरेका ती गाडी मन्त्रालय परिसरमै थन्किएका थिए । ‘यसअघि केही कानुनी जटिलताका कारण गाडी हस्तान्तरण गर्न सकेका थिएनौँ ।’ मन्त्री शाहले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि हस्तान्तरण गरेका हौँ ।’ प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारले प्रदेश प्रहरीका लागि गाडी खरिद गरेको थियो ।

मन्त्री शाहले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने ऐन प्रतिनिधि र राष्ट्रिय सभाबाट पारित भइसकेको उल्लेख गर्दै अब प्रदेश प्रहरी गठनको बाटो खुलेको बताए । ‘प्रदेशमा पनि प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक पारित भइसकेको छ ।  अब हिउँदे अधिवेशनबाट आवश्यक कानुन बनाएर प्रदेश प्रहरी गठनलाई प्राथमिकता दिन्छौँ,’ मन्त्री शाहले भने । साधन थपिएपछि दसैँ–तिहारका वेला प्रहरीलाई ‘मोबिलिटी’ बढाउन सजिलो हुने उनको भनाइ छ । प्रहरी नायब महानिरीक्षक लम्सालले प्राप्त गाडी जिल्ला प्रहरी कार्यालयलाई वितरण गरिने बताए ।