Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
२०७६ असोज ८ बुधबार ०६:५४:००
समाचार

कांग्रेसको जागरण अभियान : मञ्चबाटै निकालिए सांसद चौधरी

२०७६ असोज ८ बुधबार ०६:५४:००

आशनग्रहणको विषयमा विवाद भएपछि कांग्रेसको राष्ट्रिय जागरण अभियानमा तनाव उत्पन्न भएको छ । कांग्रेस सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको विरोधसभामा सांसद तेजुलाल चौधरी मञ्चबाट निकालिएका छन् । कांग्रेस जिल्ला सभापति दिनेश यादवसँग विवाद भएपछि सप्तरीबाटै निर्वाचित सांसद चौधरी मञ्चबाट निकालिएका हुन् । यादव पार्टी सभापति शेरबहादुर देउवा र सांसद चौधरी रामचन्द्र पौडेल पक्षीय नेता हुन् ।

 जिल्ला सभापति यादवले सांसद चौधरीलाई ‘तह लगाउँछु’ भनेपछि विवादविरोध -यालीपछि पवि माविमा आयोजित कार्यक्रममा मर्यादाक्रम मिचेर आशनग्रहण गराइएको भन्दै सांसद चौधरीले आपत्ति जनाए । उनी मञ्चमा जानै मानेनन् ।

धेरै नेता/कार्यकर्ताको आग्रहपछि मञ्चमा पुगेका उनले सप्तरी कांग्रेसका सचिव तथा कार्यक्रम सञ्चालक रामकुमार यादवसँग आपत्ति जनाए । सोहीक्रममा जिल्ला सभापति दिनेश यादवले चौधरीलाई ‘तँलाई तह लगाउँछु’ भन्दै अभिव्यक्ति दिएपछि विवाद बढेको थियो ।

सभापति यादवको धम्कीपछि उनी समर्थक नेविसंघ जिल्ला सभापति घनानन्द यादव, विजय यादव, कांग्रेस सप्तरीका कार्यालय सचिव भूपेन्द्र यादवलगायतले आफूमाथि आक्रमण गरेको चौधरीको आरोप छ ।

चौधरी पक्षद्वारा अलग्गै कोणसभा आयोजना
विवाद बढ्दै जाँदा केही कार्यकर्ताले सांसद चौधरीलाई मञ्चबाट हुत्याइदिएका थिए । लगत्तै उनले कार्यक्रम बहिष्कार गरेर नेता चौकमा कोणसभा गरे । सांसद नमिता चौधरी, रामदेव साह, महाधिवेशन प्रतिनिधि हेमनारायण चौधरीलगायत नेता/कार्यकर्ता चौधरीसँगै हिँडेपछि कार्यक्रम दुई भागमा बाँडिएको थियो ।

कोणसभामा सांसद चौधरीले सभापति दिनेश यादवले पार्टीलाई गुन्डा शैलीमा सञ्चालन गरेको आरोप लगाए । पवि माविको कार्यक्रमलाई पूर्वकेन्द्रीय सदस्य अजयकुमार चौरसिया, सभापति दिनेश यादव, पूर्वकेन्द्रीय सदस्य रामकुमार चौधरीलगायतले सम्बोधन गरेका थिए । २४ भदौदेखि सुरु भएको कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस कांग्रेस राष्ट्रिय जागरण अभियान’ मंगलबार सम्पन्न भएको छ ।