• वि.सं २०७६ चैत २५ मंगलबार
  • वि.सं २०७६ चैत २५ मंगलबार
  • Tuesday, 07 April, 2020
२०७६ असोज ३ शुक्रबार १०:०८:००
प्रदेश

प्रदेश ५ सरकारले संविधान दिवसका अवसरमा विभिन्न पदक घोषणा गर्दै

२०७६ असोज ३ शुक्रबार १०:०८:००

प्रदेश ५ सरकारले संविधान दिवसका अवसरमा विभिन्न पदक घोषणा गर्दै छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पदक घोषणा सम्बन्धमा निर्णयसमेत गरेको छ । सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विभिन्न पदकका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको पदक सिफारिस प्रस्ताव बैठकले स्वीकृत गरेको बताए ।

सरकारले प्रदेश स्थापना दिवसमा ११ थरी पदक प्रदान गर्नेगरी कानुन बनाएको छ  । ती पदकको शुक्रबार घोषणा गर्दै छ । पदक वितरण प्रदेश स्थापना दिवसका दिन ३ फागुनमा गर्ने कार्यक्रम छ । प्रदेश सरकारले प्रदान गर्ने पदकहरूमा बुद्ध शान्ति पदक, प्रदेश प्रमुख जनसेवा पदक, मुख्यमन्त्री प्रज्ज्वल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथाश्री, प्रदेश प्रज्ञा, प्रजापति गौतमी, दंगिशरण–बलिहाङ रहेका छन् । 

प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान दिवसले सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने बताएका छन् ।