२०७६ भदौ १५ आइतबार १३:५९:००
नयाँ पत्रिका काठमाडौं

'सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्ताकालय स्थापना हुन्छ'

नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १५ आइतबार १३:५९:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने गुरुयोजना तय गरिएको बताएका छन् । 

सो योजना छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने उनले बताए । १२औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । 

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए । पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना तय भइसकेको उनले जानकारी दिए ।