२०७६ श्रावण २५ शनिबार ०९:१२:००
नयाँ पत्रिका, काठमाडाैं

बजारमा रेड लाइट

हरि कटुवालको उपन्यास ‘रेड लाइट’ बजारमा आएको छ । शुक्रबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य तथा उपन्यासकार माया ठकुरी, निबन्धकार युवराज नयाँघरे, संगीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी जीवनाथ खनाललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे । 

कार्यक्रममा प्राज्ञ माया ठकुरीले उपन्यासले समाजमा दबिएर रहेको यौन र यसभित्र रहेको चरित्रलाई उजागर गरेको बताइन् । निबन्धकार नयाँघरेले सहरी यौन समस्याको व्यवस्थापनमा उपन्यासले आवाज उठाएको धारणा राखे ।  कृतिकार कटुवालले समाजमा यौनलाई हेर्ने नकारात्मक धारणालाई सकारात्मकतातिर लैजान ‘रेड लाइट’ लेखेको बताए । ‘रेड लाइट’ राइटर्स पब्लिकेसन्सले प्रकाशित गरेको हो ।