• वि.सं २०७६ चैत २५ मंगलबार
  • वि.सं २०७६ चैत २५ मंगलबार
  • Tuesday, 07 April, 2020
२०७६ श्रावण ८ बुधबार ०९:०७:००
खेलकुद

प्रदेश ५ सरकारद्वारा खेलाडी सम्मानित

२०७६ श्रावण ८ बुधबार ०९:०७:००

प्रदेश ५ सरकारले ६ जना क्रिकेटरसहित १४ खेलाडीलाई सम्मान गरेको छ । प्रदेश सरकारले सोमबार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गरेका खेलाडीलाई सम्मान गरेको हो । 

सम्मानित हुने क्रिकेटरमा राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचन तथा वर्तमान राष्ट्रिय टोलीका खेलाडीहरू वसन्त रेग्मी, सोमपाल कामी र रोहितकुमार पौडेल रहेका छन् । यस्तै, सागर ढकाल र यू–१९ राष्ट्रिय टोलीका कुशल मल्ल पनि प्रदेश सरकारबाट सम्मानित भएका छन् । वसन्त, सोमपाल र रोहित हाल टी–२० विश्वकपअन्तर्गत अन्तिम चरणको एसियाली छनोट प्रतियोगिता खेल्न सिंगापुरमा छन् ।

यू–१९ राष्ट्रिय क्रिकेट टोलीका फिजियोथेरापिस्ट विक्रम न्यौपाने पनि सम्मानित भए । उनीहरूसँगै एथलेटिक्सका सुदीप थारू, लक्ष्मी रेग्मी र तुल्सीराम थारू, आइटिएफ तेक्वान्दोका साजन पचभैया, नवराज खरेल र भुवन श्रेष्ठ, करातेका सागर खासु मगर र खोखोका गोपीप्रसाद तिमिल्सेनालाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।