बोस्निया र हर्जगोभिनामा सन् १९९२–१९९५ मा भएको रक्तपातपूर्ण युद्धको क्रममा मुस्लिम बोस्नियालीको नरसंहार गरेकोमा मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि आजीवन कारावासको सजाय भोगिरहेका बोस्नियाली सर्ब जनरल रात्को म्लादिकको मृत्यु भएको छ ।
सर्बियाली सरकारी टेलिभिजन आरटिएस बोस्नियाली–सर्ब क्षेत्रको सरकारी टेलिभिजनले म्लादिकको मृत्युको समाचार पहिलोपटक सार्वजनिक गरेका थिए । म्लादिक ८३ वर्षको भएको बताइएको छ । संयुक्त राष्ट्र संघीय अधिकारीले पनि म्लादिकको मृत्युको रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै गरेका छन् ।
समाचारअनुसार उनको नेदरल्यान्ड्सको हेगस्थित संयुक्त राष्ट्र संघीय जेलको अस्पतालमा भएको थियो । परिस्थितिको संवेदनशीलताका कारण नाम न छाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने म्लादिकका परिवारका सदस्यले रिपोर्टको पुष्टि गरे ।
दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा गम्भीर क्रूरतामध्ये एक मानिने बोस्नियाली नरसंहारका क्रममा संयुक्त राष्ट्र संघले ‘सुरक्षित क्षेत्र’ घोषणा गरेको क्षेत्रमा सन् १९९५ मा सर्ब फौज पसेर कम्तीमा ८,००० मुस्लिमहरूको हत्या गरेका थिए । त्यस हत्याका लागि म्लादिचलाई नरसंहारको दोषी ठहराइएको थियो, जसका लागि उनलाई ‘बोस्नियाको कसाई’ उपनामसमेत दिइएको थियो ।
सन् २०१७ मा उनलाई न्यायाधीकरणले त्यतिवेला ‘मानवजातिलाई ज्ञात सबैभन्दा जघन्य अपराधमध्ये’ भनी बताएको अपराधका लागि दोषी ठहराइएपछि उनले आफ्नो अन्तिम वर्ष जेलमा बिताए ।