मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २ मंगलबार
  • Tuesday, 18 August, 2026
२o८३ भदौ २ मंगलबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा बासुदेव खोलाले चार विद्यार्थी बगायो, एकको उद्धार, तीनको खोजी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ २ मंगलबार १८:५७:oo

हेटौँडा उपमहानगरपालिका– १९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किरहेका चार बालबालिकालाई बगाएको छ। घटनामा एकजनाको उद्धार गरिएको छ भने अन्य तीनजनाको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको हो। उनीहरू चारैजना कक्षा ५ भन्दामुनिका कक्षामा अध्ययनरत रहेको बताइएको छ।

घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायको टोली तत्काल उद्धार तथा खोजीमा खटिएको प्रहरीले जनाएको छ। एकजना विद्यार्थीको सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव काफ्लेले तीनजना विद्यार्थी अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए।

उनले घटनाबारे थप विवरण संकलन भइरहेको र बेपत्ता विद्यार्थीहरूको पहिचान खुलाउने प्रयास भइरहेको बताए।