मापदण्डविपरीत सञ्चालित कोटेश्वरस्थित न्यू फेमली गर्ल्स होस्टेललाई प्रशासनले तीन लाख जरिवाना तिराएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका, होस्टेल व्यवसायी संघको समेत संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा धेरै कैफियत भेटिएपछि जरिवाना तिराएको हो।
गुणस्तरीय खाना नखुवाएको, यातना दिने गरेको, वार्डेन नराखेको, वडामा दर्ता नभएको तथा रातिको समयमा होस्टेलबाट निकाल्ने गरिएकोजस्ता कैफियत भेटिएको प्रशासन कार्यालयका प्रवक्ता खिमराज भुसालले बताए। सो होस्टेल सञ्चालनमा पनि प्रशासनले रोक लगाएको छ।
