मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ जेठ ३० शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ जेठ ३० शनिबार १९:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डाँगीको नेतृत्वमा इप्पानकाे नयाँ कार्य समिति

विधानलाई संशोधन गरी सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ जेठ ३० शनिबार १९:o४:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ। शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्य समितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। 

वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधानअनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्‍याइएको छ। यसैगरी, महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई  र सुमनकुमारी जोशी निर्वाचित भएका छन्।

 नयाँ संशोधित विधानअनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव  पुर्‍याइएको छ। यसैगरी, कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित  भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् ।

 संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुनेगरी स्थायी आमन्त्रित सदस्यको रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले इप्पानभित्र सबै अटाएर सर्वसहमत रूपमा अघि बढ्ने गरी नयाँ विधानको संशोधन गरी सहमतिको आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्यलाई मनोनयन गर्ने सहमति भएको जानकारी दिए।

इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ अध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी  सबै पदहरूमा चुनाव गराउने गरी  व्यवस्था गरेको छ, तर अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ। इप्पानका अध्यक्ष कार्कीले इप्पानलाई बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोको रूपमा विकास गर्ने गरी विधान संशोधन गरिएको र पारित भएको जानकारी दिए। इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेस गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ।