Skip This
Skip This

खोलाले बगाउँदा एक बालक बेपत्ता

२०७६ असार २७ शुक्रबार १२:५४:००

दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्रमा एक बालकलाई खोलाले बगाएको छ ।

रवि बजारमा नुवा खोलेले अन्दाजी ८ वर्षीय जीवन राईलाई बगाएको जिल्ला प्रहरी कर्यालय पाँचथरले जनाएको छ । बिद्यालय जाने क्रममा उनलाई बगाएको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानरकारी दिए । बेपत्ता भएका बालक स्थानीय होलिचाईल्ड स्कुलकमा अध्ययनरत छन् ।

घटनास्थलमा अहिले इलाका प्रहरी चौकि रवि र स्थानीयले खोजी गरिरहेको प्रहरीले जनाएको छ । पाँचथरमा आइतबारदेखी लगातार वर्षा भइरहेको छ । 
 

सम्बन्धित समाचार