मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
२o८२ असोज ४ शनिबार २o:५६:oo
Read Time : > 1 मिनेट
समाचार

गण्डकी सरकारमातहतका मन्त्रालय तथा निकायमा भएको क्षतिको अध्ययन सकियो   

भाेलि प्रतिवेदन बुझाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार २o:५६:oo

जेन–जीको प्रर्दशनका क्रममा २४ भदौमा भएको तोडफोड र आगजनीका कारण क्षति भएका गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय तथा निकायमा भएको क्षेतिको अध्ययन तथा निरीक्षण सकिएको छ ।  

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, गण्डकी प्रदेश र नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले बनाएको ६ समूहले प्रदेश मातहतका मन्त्रालय तथा निकायमा आगजनी र तोडफोडको अध्ययन तथा निरीक्षण गरेका हुन् । समूहहरूले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन भवनहरूको स्थलगत अध्ययन र निरीक्षण गरेको हो । आइतबार अध्ययन प्रतिवेदन पेश गर्ने तयारी छ । 

खटिएको समूहमध्ये समुह–३ का लिडर पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर रमेश सुवेदीका अनुसार खटिएका सबै समूहले आफ्नो काम सकेको र प्रतिवेदन लेखन कार्यमा लागेको बताए । खटाईएका समुहरुलाई आगलागिबाट भएके क्षति सगै आगजनी भएको भवन प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने अध्ययनका लागि खटाएकाले सोहीअनुसार आइतबार सबै समूहले प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।

सुवेदीका अनुसार खटाएका समुहमा सरकारी कार्यालयमा कार्यरत ईन्जिनियरहरू, नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरू र बाहिरका गरी ३२ जना थिए । जसमध्ये समूह १ मा इन्जिनियर दिपक थापाको कमाण्डमा ६ जना, समुह २ मा इन्जिनियर विमल भण्डारीको कमाण्डमा पाँचजना, समूह ३ मा इन्जिनियर रमेश सुवेदीको कमाण्डमा ६ जना, समूह ४ मा इन्जिनियर ध्रुव गर्जुवा पुनको कमाण्डमा पाँचजना, समुह ५ मा इन्जिनियर वीरेन्द्र लिगलको कमाण्डमा पाँचजना र समूह ६ मा इन्जिनियर निराजन पौडेलको कमाण्डमा पाँचजना गरी कुल ३२ जना खटेका थिए ।

यी मन्त्रालयहरू तथा निकायमा भएको स्थलगत निरीक्षण
खटिएका इन्जिनियरहरूको समूहले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय र निवास, सिंचाइ विकास डिभिजन कार्यालय, प्रदेश नीति तथा योजना आयोग र निवास, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र निवास, शिक्षा विकास निर्देशनालय, गण्डकी विश्वविद्यालय, सामाजिक विकास कार्यालय एवं मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, प्रदेश लोकसेवा आयोग, उद्योग तथा पर्यटन मन्त्रालय र निवास, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र निवास, कृषि विकास निर्देशनालय एवं मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, वन तथा वातावरण मन्त्रालय र निवास, वन निर्देशनालय तथा सम्बन्धित अन्य निकाय, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), प्रदेश प्रमुखको कार्यालय र निवास, आर्थिक मामिला मन्त्रालय र निवास, पूर्वाधार विकास निर्देशनालय ड्यामसाइड, पूर्वाधार विकास कार्यालय कास्की, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र निवासको आगलागीपछिको अवस्थाको बारेमा निरीक्षण गरेका थिए ।

तोडफोड र आगजनीका कारण गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय तथा निकायहरू गरी दुई दर्जन भवनमा क्षति पुगेको छ ।