मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
Invalid date format २o:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२४:oo

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोलामा आज साँझ खसेको पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकी प्रमुख गायत्री शर्माले दिउँसोदेखि साना पहिरो खसिरहेका वेला साँझ ठुलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिइन्। उनका अनुसार पहिरो पन्छाउने काम सुरु भए पनि माथिबाट अझै पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम कायमै छ।

‘सडक खुलाउने प्रयास जारी छ, तर साँझपख खसेको ठुलो पहिरो पन्छाउन केही समय लाग्ने देखिन्छ,’ प्रमुख शर्माले भनिन्। रातको समयमा पहिरोको जोखिम अझ बढी हुने भएकाले यात्रु तथा सवारीचालकहरूलाई उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरिएको छ।