मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format २२:५३:oo
Read Time : < 1 मिनेट
अर्थ

मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ्गमार्ग ‘ब्रेक थ्रु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५३:oo

मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ्गमार्ग ‘ब्रेक थ्रु’ भएको छ । ताप्लेजुङको मिक्वाखोला र मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाअन्तर्गत ५८४३ मिटर लामो हेडरेस टनेल खन्ने कार्य पूरा गरिएको आयोजक संस्था मेवा डेभलपर्स लिमिटेडका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिए ।

आयोजनाको मुख्य सिभिल संरचनासँगै हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र विद्युत प्रसारण लाइनसँग सम्बन्धित कार्यहरू पनि दु्रत गतिमा अघि बढेको उनले उल्लेख गरे । प्रमुख व्यवस्थापक रेग्मीका अनुसार, आयोजनाको प्रगति राम्रो छ । आगामी केही महिनामा अन्य संरचनात्मक कार्य पनि पूरा हुनेछ ।

प्रतिकूल भौगर्भिक अवस्थाका बाबजूद सफलता
कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले मुख्य सुरुङ्गमार्ग ‘ब्रेक थु्र’ सम्पन्न गर्न चुनौतीपूर्ण भौगर्भिक अवस्थालाई पार गर्दै आयोजना सफलतापूर्वक अघि बढाएको बताए । पोखरेलले भने, ‘आगामी १२ महिनामा यो आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

साथै, आयोजक कम्पनी मेवा डेभलपर्स लिमिटेडले उक्त कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिने सबै कर्मचारी र सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यको सफलताका लागि पूर्ण प्रतिबद्धता जनाएको छ । सम्पूर्ण निर्माण कार्यलाई छिटो र प्रभावकारी तरिकाले सम्पन्न गर्नको लागि कम्पनीले निरन्तर काम गर्दै आएको छ ।