
भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको महाकाल प्रहरी बिटलाई जनकल्याण माविले फर्निचर सहयोग गरेको छ। प्रहरी कार्यालय सञ्चालनका लागि विद्यालयले फर्निचर सहयोग गरेको हो।
भवनमा पूर्ण क्षति पुगेपछि हाल प्रहरी त्यहाँ बस्न छाडेको छ। स्थानीय र नजिकका संघसंस्थाहरूले प्रहरीको आवश्यकता महसुस गरेका छन्। सोही कारण प्रहरी कार्यालय सञ्चालनका लागि सक्दो सहयोग गरेका हुन्।
जनकल्याण माविले एक थान कम्प्युटर, एक थान टेबल, दुई थान कुर्सी, दुई थान टी टेबल, एक थान दराज र एक थान बेन्च हस्तान्तरण गरेको छ। यी सामानहरू प्रहरी प्रतिनिधिलाई बोलाएर हस्तान्तरण गरिएको हो।
प्रहरीलाई बस्न र कार्यालय सञ्चालन गर्न असहज भएको परिस्थितिमा विद्यालयले सहयोग गरेको सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी सुरेशकुमार कटुवालले जानकारी दिए।