Skip This
नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका तामाङलाई 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format २१:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका तामाङलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३o:oo

काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि हात पारेका छन् । पोखरामा मंगलबार सम्पन्न प्रतियोगिता सहभागी १३५ प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले उपाधि हात पारेका हुन् ।

फाइनल खेलमा काठमाडौंका फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै तामाङले उपाधि हात पारेका हुन् । फाइनल खेल ११ सेटमा खेलाइएको थियो । प्रतियोगितामा ८१ ब्रेक गरी उपाधि विजेता तामाङ र उपविजेता शेर्पाले हाइएस्ट ब्रेकर समेत घोषित भएका थिए । 

उपाधि विजेताले दुई लाख दुई हजार २०२ रुपैयाँ र उपविजेताले ८० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाए । यसै गरी सेमिफाइनल प्रवेश गर्ने हेटौडाका नितेश खण्डवाल र पोखराका विकास मर्हजनले जनही २५ हजार नगद पुरस्कार पाउँदा हाइएस्ट ब्रेकरले २० हजार नगद पाए ।

विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, बिलियार्ड स्नुकर तथा पुल संघ कास्कीका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बिकलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका संयोजक बिकका अनुसार प्रतियोगितामा पोखरासँगै काठमाडौं, भक्तपुर, ललितपुर, झापा, इटहरी, विराटनगर, चितवन, बुटवल, धरानलगायत जिल्लाबाट आएका १३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागी खेलाडीमध्ये ८० जना कास्की जिल्लाबाहिरबाट आएका थिए ।

देशभरका स्नुकर खेलाडीलाई एकै मञ्च प्रदान गर्ने, पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्यसहित प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्ट्स बार प्रालिको आयोजना, कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोग र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा भएको थियो।