Skip This
पत्रकारलाई निःशुल्क उपचार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारलाई निःशुल्क उपचार

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

रामेछापमा पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले निःशुल्क उपचार गर्ने भएको छ । 

उक्त कार्यालयको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन  समितिको बैठकले यस्तो निर्णय गरेको हो । पत्रकारहरूलाई औषधिबाहेक अन्य सबै उपचार निःशुल्क गर्ने समितिले निर्णय गरेको छ ।

अस्पतालमा उपचार लिन जाने पत्रकारहरूले नेपाल पत्रकार महासंघको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता गरेको दर्ता सञ्चारमाध्यमका परिचयपत्रको आधारमा निःशुल्क उपचारको सुविधा उपलब्ध गराइने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपककुमार कार्कीले जानकारी दिए । 

आयुर्वेदले पत्रकारहरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने कार्यक्रम ल्याएकोमा अन्यन्तै खुसी लागेको अक्षता दैनिकका सम्पादक नवीन केसीले जानकारी दिए । उनले भने– यो अन्त्यत राम्रो कुरा हो । सधैँ नागरिकको पक्षमा कलम लचाउने पत्रकारहरूको हितमा यो कार्यक्रम आएको छ । यो कार्यक्रम एकदम राम्रो भएकाले जिल्लाका सबै पत्रकारहरूले सुविधा उपभोग गर्नसमेत उनले आग्रह गरे ।