मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलमानको पहिलो निर्णय- डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन्।

मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री घिसिङले पहिलो निर्णयका रूपमा विद्युतकाे उक्त बक्यौता उठाउन निर्देशन दिने निर्णय गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा उद्योगहरूबाट विद्युत् बक्यौता उठाउन लागिपरेका घिसिङलाई सोही कारण तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।

सोही मन्त्रालयको जिम्मेवारी पाएपछि घिसिङले पहिलो निर्णय नै डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका हुन्।

ऊर्जासँगै घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।