मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तु जोगाउन गस्तीमा युवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

बर्दियाको मधुवन नगरपालिकाका युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका छन्। चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका हुन्।

मध्यवर्ती क्षेत्रसँग सिमाना जोडिएको ठाउँमा वन्यजन्तुको चोरी सिकार र अवैध गतिविधि हुन नदिन युवाहरूले गस्ती गर्दै आएका छन्। चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनालगायतको टोलीले निकुञ्जआसपासमा गस्ती गर्दै आएको छ। युवा परिचालन अभियानमा आबद्ध युवाले सामुदायिक वन, मध्यवर्ती क्षेत्र र निकुञ्जमा  कसैले शंकास्पद गतिविधि गरेमा निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेका छन्।

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवाका अध्यक्ष गोविन्द थारूले खाता करिडोरमा गस्ती गरिएको बताए। ‘करिडोरको बाटो भएर बाघ, हात्ती, गैँडा आवतजावत गर्ने भएको हुँदा वन्यजन्तुको सुरक्षा र अवैध गतिविधि नहोस् भनेर गस्ती गरिएको हो,’ उनले भने, ‘वन्यजन्तुको गतिविधि बढी हुने मधुवन नगरपालिका १ र २ मा पैदल गस्ती गरिएको हो।’

वन्यजन्तुको संरक्षण गर्नमा स्थानीयको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। वन्यजन्तुका कारण बर्दिया विश्व समुदायमाझ परिचित हुँदै गएको छ भने चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले गरेको कामबारे अध्ययन गर्न पछिल्लो समयमा विदेशी नागरिकहरूसमेत आउन थालेका छन्।