मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिम्रिक एयरमा आक्रमण गर्नेलाई कारबाही गर्न संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:o५:oo

 जेन–जी आन्दोलनका क्रममा अराजक समूहले गरेको सिम्रिक एयरमाथि आक्रमण गरेको भन्दै आक्रणमा संलग्नलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघ नेपालले माग गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै ‘आन्दोलनका क्रममा केही अराजक तथा उच्छृंखल मनोवृत्ति भएका व्यक्तिले संघका निवर्तमान अध्यक्ष क्याप्टेन रामेश्वर थापाको निजी निवास तथा उनको कम्पनी सिम्रिक एयरमा आक्रमण गरी भौतिक क्षति पुर्‍याएको प्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाएको हो । 

‘पर्यटककीय सिजन पनि सुरु भइसकेको तथा बडादसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गइरहेको परिप्रेक्ष्यमा वायुसेवा कम्पनीहरू अधिकतम मात्रामा स्वदेशी तथा विदेशी यात्रुलाई सेवा प्रदान गर्न तयारी अवस्थामा रहेका वेलामा सदस्य वायुसेवा कम्पनीमाथि भएको आक्रमणले व्यवसाय नै धरापमा पर्न जाने देखिन्छ,’ संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घृणित कार्य गर्ने–गराउने जोसुकै भए पनि उचित छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नका लागि सम्बन्धित निकायलाई यो संघ हार्दिक अपिल गर्दछ ।’