मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुरक्षित र व्यवस्थित बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा यस्तो निर्णय भएको हो । ‘वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोहरूको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्षलगायत सरोकारवालासहितको उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने’ बैठकको माइन्युटमा उल्लेख छ ।

यस्तै, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय पनि भएको छ । आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायतका सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने पनि बताइएको छ ।

बैठकले दसैँ मान्न जाने विद्यार्थीलाई तत्काल सहज रूपमा घर पठाउन गाडीको व्यवस्था गर्ने निर्णय गरेको छ । अहिले आन्दोलनका कारण अधिकांश विद्यालय तथा कलेज बन्द भइसकेका छन् । काठमाडौंदेखि बाहिरिने यात्रुको संख्या बढिसकेको छ । घटस्थापना र फूलपातीबाट बाहिरिने यात्रुको अग्रिम टिकट बुकिङबारे केही दिनमा निर्णय गर्ने बताइएको छ । 

‘वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्य स्थलसम्म जान सक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने’ माइन्युटमा भनिएको छ । यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ ।