मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुत्केरी बलात्कार आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

मकवानपुरमा एक पुरुषले श्रीमान्लाई घरको थाममा बाँधेर सुत्केरी बलात्कार गरेको खुलेको छ । घटना गत शुक्रबार रातिको भए पनि शनिबार मात्र आफूहरूलाई खबर आएपछि वडाध्यक्ष प्रताप चेपाङले स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको बताए । आइतबार जिल्ला प्रहरी कार्यालय हेटौँडाको महिला सेलमा उजुरी दिएपछि प्रहरीले राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको हो । स्थानीयका अनुसार पीडित दुईमहिने सुत्केरी हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मादक पदार्थ सेवन गरेर नांगै आएका थिङले श्रीमान्लाई घरको थाममा बाँधेर २३ वर्षीया महिलालाई बलात्कार गरेका थिए । ‘पीडित र उहाँका श्रीमान् प्रस्टसँग बोल्न नसक्ने हुनुहुँदोरहेछ ।

पीडितसँगको सोधपुछ गर्दा मादक पदार्थ सेवन गरेर नांगै आएका अन्तरे थिङ भनिने व्यक्तिले श्रीमान्लाई घरको थाममा बाँधेर आफूमाथि बलात्कार गरेको बताउनुभएको छ । थिङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौँ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले ल्याउन ढिलाइ भएको हो । आरोपीलाई जिल्लामा ल्याएर सोधपुछपछि अझ धेरै कुरा थाहा हुन्छ,’ उनले भने ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार घटनापछि पीडितका श्रीमान्ले प्रहरी चौकी राक्सिराङमा खबर गरेका थिए । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भएर पीडकविरुद्ध जाहेरी दिएपछि जिल्ला र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले थिङलाई राक्सिराङ गाउँपालिका– १ बाट पक्राउ गरेको हो । पीडित महिलालाई अहिले हेटौँडास्थित सेफहाउसमा सुरक्षित राखिएको डिएसपी अर्यालले बताए ।