मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २९ आइतबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १९:२७:oo

पहिलो महिला प्रधानमन्त्रीपछि देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिक्तामा नियुक्त गरेका छन्।

भण्डारीले पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी छिन्। 

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले आइतबार मात्र राजीनामा दिएका थिए। महान्यायाधिवक्ताले सरकारको सल्लाहकारको रूपमा काम गर्दछन्।