मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार

कैलाली भन्सारले ग्यारेजबाट सुरु गर्‍यो सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका गौरीफण्टाबाट आयात सहज बनाउन कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सञ्चालन गरेको छ । कार्यालय भवनमा आगजनी र तोडफोड भएपछि गाडी राख्ने ग्यारेजबाट सेवा थालेको भन्सार अधिकृत एवं सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए । 

उपकरण, फर्निचर सबै जलेकाले काम गर्न गाह्रो भएको उनले बताए । ‘ग्यारेज तथा मुख्य भवनमा नजलेको केही भागबाट अहिलेलाई न्यूनतम सेवा थालेका छौँ,’ अर्यालले भने, ‘सामान जाँचपासको प्रकृया सुरु गरेका छाँै ।’ भन्सारले दुई दिन अघि नै पेट्रोलियम पदार्थको जाँचपास गरेको थियो । 

उपकरण, डाटाहरू जलेकाले सेवा दिन गाह्रो भएको उनले बताए । आन्दोलनकारीले कैलाली भन्सार कार्यालयमा लिलामीका लागि राखिएका दुई सयभन्दा बढी मोटरसाइल जलाइदिएका छन् । भन्सार छली, चोरी, मुद्दालगायत विभिन्न ठाउँबाट बरामदती मोटरसाइकल लिलामीको प्रकृया भन्सारले सुरु गरेको थियो ।

सूचना अधिकारी अर्यालले कार्यालयका आधा दर्जन गाडी र लिलामीका लागि राखिएका दुई सयभन्दा मोटरसाइकल पूर्णरुपमा खरानी बनेका बताए । त्यस्तै, आगजनीबाट कार्यालय पुरै खण्डहर बनेको छ । मालवाहक सवारी साधनमा भने आगजनी नभएको कार्यालयले जनाएको छ ।