मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितुवालाई नियन्त्रणमा लिनुपर्ने माग  गर्दै स्थानीय गरे प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

बर्दियामा  नरभक्षी  चितुवा नियन्त्रणमा लिनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेको  छन् । जिल्ला प्रशासन कार्यालयले अगाडी नरभक्षी  चितुवालाई नियन्त्रणमा लिनुपर्ने माग राख्दै  स्थानीयले प्रदर्शन गरेको हुन ।

बिहान चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका ,१२ कि ३६ वर्षीय कविता तामाङ रानाको मृत्युु भएपछि स्थानीय आक्रोशित स्थानीयले प्रशासन अगाडी प्रदर्शन गरेको थिए ।

सोही स्थानमा एक महिना अगाडी साउन ३० गते जगतरानी थारूको मृत्यु भएको थियो । गाउँमा  दिनहुुँ जस्तो देखिन थालेपछि स्थानीयले पटक पटक चितुवा नियन्त्रण हुनुपर्ने माग  राख्दै  आएका छन् । एक महिना अगाडी नै डिभिजन वन कार्यालयले पनि चितुवा नियन्त्रण गर्नका लागि क्रेच  राखेको भएपनि चितुवा क्रेचमा परेको छैन ।

 सामुदायिक वनबाट दिनहुँ जस्तो चितुवा समुदायमा आएर  धनजन क्षती  गर्न थालेपछि  चितुवा नियन्त्रण लिनुपर्ने माग  राख्दै  जिल्ला प्रशासन कार्यालय आएको गुलरिया नगरपालिका , १२ का बिष्णुहरि बुढाक्षेत्रीले  बताए ।

चितुवा नियन्त्रण गर्नका लागि प्राबिधि सहित आवश्यक  जनशक्ति परिचालन गर्ने स्थानीयसँग  सहमति भएको  जिल्ला प्रशासन कार्यालयले  जनाएको छ ।