मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । 

इप्पानले हरेक क्षेत्रका लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिने भन्ने उच्च मनोबलका साथ विभिन्न समस्या र चुनौतीबिच लगानी गरिरहेका ऊर्जा उद्यमीका लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए । ‘नयाँ आन्तरिक सरकारले लगानीमैत्री वातावरण बनाउने अपेक्षा हामीले गरेका छौँ, अहिलेको अवस्थामा देशको पुनर्निर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छाैँ,’ उनले भने । 

अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौती समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताउँदै ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिइरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको बताए ।