मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format २२:११:oo
Read Time : < 1 मिनेट
समाचार

बाढी प्रभावित परिवारलाई राहत वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:११:oo

बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाढी प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको छ ।  बिहीबार राति आएको बाढीबाट प्रभावित भएका परिवारलाई राहत वितरण सुरु गरेको हो ।

बिहीवार साँझ र राति गिठेनाला र ओरही नदीमा आएको बाढीबाट  ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७ र  ८ का ६ सय घरधुरी प्रभावित भएका थिए। पालिकाले राहत वितरणमा एकरूपता ल्याउन पालिका स्तरीय विपत शाखाबाट राहत वितरण गर्ने निर्णय गरेको थियो ।

बाढीबाट अति प्रभावित घरधुरीलाई  परिवार सेल्टर किट, हाइजिन किट, सोलार किट, पानी किट र भान्साकिटसहितको गैरखाद्य राहत सामाग्री वितरण गरिएको नगर उपप्रमुख बिना भट्टराईले बताइन् । उनले भनिन, ‘आज मात्र प्राकृतिक विपत बाढीबाट प्रभावित ११९ परिवारलाई  राहत  वितरण  गरिएको छ । बाँकी रहेका प्रभावितलाई पनि पालिकाले  सहयोग  गर्नेछ ।

पालिकाभित्र विभिन्न कार्यक्रम संचालन गरिरहेका  संघसंस्थाले  बाढी  प्रभावित क्षेत्रमा  सहयोग गर्न राहत सामाग्री पालिकालाई  हस्तान्तरण समेत  गरेका छन् ।