मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्धको कर्तव्य ज्यान कसुरको जाहेरी अगाडि बढाउने सिडिओको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o२:oo

प्रतिनिधिसभा पूर्वसांसद अभिषेकप्रताप शाहले जेनजी आन्दोलनमा दमन गरेर युवाहरूको हत्या गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध जाहेरी दिएका छन् । शाहले दिएको उक्त जाहेरी अगाडि बढाउने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले प्रतिबद्धता जनाएको उनले बताएका छन् ।

‘यो जाहेरी सम्बन्धित ठाउँमा जान्छ,’ तामाङले भनेका छन् । पूर्वसांसद शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउने आदेश ओलीले दिएको आरोप छ । 

‘जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर निर्दोष विद्यार्थी, युवा, बच्चाहरूको ज्यान गएको सर्वविविद्तै छ । मैले सो घटनामा दोषी पूर्व प्रम ओली र सम्बन्धित सबैलाई जघन्य अपराधमा कार्ववाही गर्न जाहेरी दिएको हो । प्रजिअले आफै स्वीकार्दै कारवाही हुनपर्नेमा जोड दिएका छन् । प्रजिअज्युले कुनै दबाबमा नपरी संविधानभित्र रही कानुनी कारवाहीका लागि आवश्यक पहल गर्न प्रतिबद्धता समेत दिएका छन् । मैले जाहेरी दिएको छु र कानुन संगत कारवाही अघि बढाउनु हुन्छ भनि आशावादी छु,’ शाहले भनेका छन् ।