
‘जेन-जी’को आन्दोलनपछि बन्द रहेका पोखराका विद्यालयहरू १ असोजदेखि खुल्ने भएका छन्। पोखरा महानगरपालिका, नगर कार्यपालिकाको शनिबार बसेको बैठकले असामान्य परिस्थितिका कारण बन्द रहेका विद्यालयहरू १ असोजदेखि खोल्ने निर्णय गरेको हो ।
महानगरको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले शनिबार एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । सूचनामा भनिएको छ– १ असोजदेखि विद्यालयहरू नियमित सञ्चालन गर्ने भनी नगर कार्यपालिकाले निर्णय गरेकाले सोहीअनुसार गर्नु /गराउनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।