मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार

निर्वाचनमा सहभागी भई अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न राष्ट्रपति पौडेलको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचना सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।

शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले  देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको बताएका छन् । उनले उक्त वक्तव्यमा भनेका छन्– संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।

तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी २१ फागुनमा हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु।