मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १७:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञा हटेपछि बजार क्षेत्रमा चहलपहल, खुल्यो सवारीसाधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

जेन–जीको आन्दोलन र त्यसपछि बिग्रिएको शान्तिसुरक्षाकालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले गत मंगलबारदेखि निरन्तर लगाउँदै निषेधाज्ञा-कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटाइएपछि स्थानीय हाटबजारमा चहलपहल बढेको छ भने पूर्व-पश्चिम लोकमार्गमा सवारीसाधनहरू गुड्न थालेका छन् । 

सिरहाको मुख्य व्यापारिक क्षेत्र मानिने लहान, मिर्चैया, गोलबजार, सिरहा सदरमुकाम लगायतका ठाउँहरुमा हाटबजार, पसल खुलेका छन् भने पूर्व पश्चिम लोकमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन र मालबाहक ट्रकहरु चल्न थालेका छन् ।

जिल्ला प्रशासनले निषेधाज्ञा भए पनि शुक्रबार दिउँसो तराई मधेशका महिलाहरुले मनाउने सांस्कृतिक पर्व जितियालाई मध्यनजर गर्दै तीन घण्टा बजार खुला गरी अवस्था केही खुकुलो बनाएको थियो । तराई मधेशका जिल्लाहरूमा महिलाहरूले शनिबारदेखि सोमबारसम्म सांस्कृतिक पर्व जितिया मनाउँदैछन् । 

आइतबारदेखि कार्यालय सञ्चालन
गत मंगलबारदेखि नै ठप्प रहेका जिल्लास्थित सरकारी कार्यालय, संघ संस्था, प्रतिष्ठानहरु आइतबारदेखि खुल्ने भएका छन् । सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शनिबार सूचना जारी गर्दै जिल्लाको समग्र कार्यप्रणाली र सेवा प्रवाहलाई सेवाग्राही मैत्रीपूर्ण तरीकाले सम्पादन गर्न सबै कार्यालय प्रुखहरुले अहोरात्र, इमान्दार र प्रभावकारी ढंगले काम गर्न आग्रह गरेका छन् । 

कार्यालयको सेवा प्रवाहलाई आइतबारदेखि सम्भव भएसम्म संचालन गर्न तथा त्यसका लागि एक कार्यालयले अर्को कार्यालयलाई सहयोग पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै सूचनामार्फत उनले सम्पूर्ण कर्मचारीहरु आ–आफ्नो कार्यालयमा उपस्थित भई सेवा प्रवाह गर्न जानकारी गराइएको छ।

आन्दोलनको क्रममा आगजनी तोडफोड गरिएका सरकारी कार्यालयहरुमा विद्युत तथा संचार सेवा सुचारुका लागि शनिबार लहान, मिर्चैया र सिरहास्थित नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका प्रमुकार्याmय प्रमुखहरुसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । ‘तोडफोड र आगजनीको कारणले विद्युत र संचार सेवा अवरुद्ध कार्यालयले सेवा सुचारुका लागि टेलिकम र प्राधिकरणमा निवेदन दिन आग्रह गर्दछु’ उनले भने ।