
माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आगामी दिनमा आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार ‘गम्भीर आत्म समीक्षा’ सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्न आग्रह गरे ।