मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालगन्जले जेन–जी आन्दोलनमा गुमायो सुलभ र आयुषलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

नेपालगन्ज उपमहानगरपालिका– १, धम्बोझीका दुई युवा २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापा जेन–जी आन्दोलनमा मारिएका छन् । उनीहरू गत सोमबार बानेश्वरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ढलेका थिए ।

सुलभराजको शुक्रबार राप्ती नदीको सिधनियाघाटमा दाहसंस्कार गरिएको छ भने आयुषको शनिबार दाहसंस्कार गर्ने तयारी रहेको वडाध्यक्ष प्रमोद रिजालले बताए । दुवैको शव विमान चार्टर्ड गरी शुक्रबार नेपालगन्ज ल्याइएको हो ।

भेरी इंग्लिस मिडियम स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठ र विना खड्का श्रेष्ठका एक्ला सन्तान रहेका श्रेष्ठ अमेरिका जाने तयारीमा थिए । उनले काठमाडौंको केएमसीबाट इन्जिनियरिङमा स्नातक गरेका थिए ।

उच्च शिक्षाका लागि अमेरिका जाने तयारीका लागि उनी दुई महिना अघिमात्र काठमाडौं गएको वडाध्यक्ष रिजालले बताए । आयुष पनि भारतीय सेनाको परीक्षामा असफल भएपछि फिनल्यान्ड जाने तयारीमा थिए ।

‘भिसा आइसकेको थियो । फिनल्यान्ड जाने अन्तिम तयारीका लागि काठमाडौं गएका थिए,’ छिमेकी उमा थापा मगरले भनिन्, ‘फिनल्यान्ड गएर भविष्य बनाउने आयुषको योजना राइफलको गोलीले चकनाचुर पारिदियो ।’