
बर्दियामा सरकारी कार्यालय तोडफोड गर्नेलाई पक्राउ गर्न थालिएको छ। बारबर्दिया नगरपालिका वडा नं. २ को कार्यालय तोडफोड गर्ने चार जनालाई र अन्य दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले पक्राउ गर्ने नाम सार्वजनिक गरिएको छैन। विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दी र थुनुवा गाउँबस्तीमा आउने सक्ने सम्भावना रहेको हुँदा शंकास्पद व्यक्ति देखा परेमा तत्काल सुरक्षा निकायलाई खबर गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरेका छन्। उनले भने,‘ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायम रहेको छ भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा पनि कायम रहेको छ।’
कठिन परिस्थिति नियन्त्रण गर्नका लागि सुरक्षा निकाय सर्तक रहेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले भने,‘कठिन समयमा शान्ति सुरक्षा र आपसी सद्भाव कायम राख्न अपिल गर्दछु ।’