मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:१९:oo

भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहन्छ। हाम्रो दुई देश र जनताको समृद्धि र कल्याणका लागि भारत नेपालसँगै काम गर्नेछ।’ 

भारतले नेपालको नयाँ राजनीतिक यात्राप्रति समर्थन जनाउँदै दुवै मुलुकबिचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राखेको छ।