मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २७ शुक्रबार २o:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनको निर्णय विडम्बनापूर्ण : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार २o:४o:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् ।

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारप्रमुख बनाउने र उनले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ।

उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन् ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ ।’