
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। जेन–जी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेन–जीको प्रस्तावअनुसार नै उनको नियुक्ति भएको हो ।
आजै शपथ लिएर उनले पदभार ग्रहण गर्दै छिन्। आजै केही मन्त्रीहरूसमेत नियुक्तिको तयारी भइरहेको छ।
देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनले इतिहास रचेकी छिन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।