मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको रकम र सुनको गरगहनासहित काभ्रेबाट एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

काभ्रेपलाञ्चाेक जिल्लाको नमोबुद्ध नगरपालिका– २, भकुन्डेमा स्रोत नखुलेको नगद र सुनको गरगहनासहित एक युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो करिब २ बजेको समयमा नमोबुद्ध– २, भकुन्डेबेँसीस्थित बिपी राजमार्ग सडकखण्डमा काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९१७३ नम्बरको इभीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नगदसहित गरगहना फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका अनुसार गाडीमा सवार सिराहा गमरिया नगरपालिका– २ का १८ वर्षीय नरेशकुमार यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नग‍द तीन लाख ५० हजार तीन सय  र सुनको गरगहना बरामद भएको छ।

छड्के तिलहरी एकथान (करिब ७५ लाल), मंगलसूत्र एक थान (करिब १२.६ लाल), बेरुवा औँठी एक थान (करिब ६३.३ लाल) र सिक्री तीन थान (करिब २.३२ तोला) बरामद भएका छन्।

जम्मा १२ लाख २६ हजार ९४ रकमबराबरको सुन बरामद भएको प्रहरीले जनाएको छ। यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। कोही कसैको हराएको र चोरी भएको भए जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ।