मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
Invalid date format १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार

निर्माणाधीन सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । 

गाउँपालिकाको केन्द्र साँघुमा रहेको नारायणी माध्यमिक विद्यालयमा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा खसेर बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । 

मृत्यु हुनेमा सोही गाउँपालिका–३ साँघुका चन्द्रबहादुर लिम्बूका नौवर्षीय छोरा मौसम लिम्बू र माैवाखोला गाउँपालिका–४ निवासी लाक्पा शेर्पाको नौवर्षीया छोरी याङ्जुङ शेर्पा रहेका छन्। 

करिब ७-८ फिट गहिरो खनिएको सेफ्टी ट्यांकीमा खसेका उनीहरूलाई स्थानीयले उद्धार गर्न खोजे पनि नसकेको स्थानीयले बताएका छन्।