
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको संरक्षण केन्द्रकाे अस्थायी बिटमा बिहीबार दिउँसो अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्।
गौरिशंकर संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतकाे बिट हाे । आज बिहीबार दिउँसो करिब ४५–५० जनाको समूहले बिटमा ढुंगामुढा गर्दै आगजनी गरेका थिए।
उक्त घटनापछि सोही गाउँपालिकामा रहेको खड्ग दल गणबाट खटिएको सैनिक टोलीले स्थिति नियन्त्रणमा लिएको थियाे।