
सिरहा कांग्रेसले मौजुदा संविधानभित्रैबाट समाधान खोज्न माग गर्दै प्रदर्शन गरेका छ ।
कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवसहित पदाधिकारी, भातृ संगठनका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरूले बिहीबार दिउँसो धनगढीमाईको जिरोमाइलमा प्रदर्शन गरेका हुन् ।
‘अहिलेको संविधानबाटै समाधान खोजौं’ प्रदर्शनपछि जिल्ला सभापति यादवले भने ‘जनताले लेखेको संविधानमा कैयौं कमजोरीहरू होलन्, त्यसलाई नयाँ जनादेशमार्फत बन्ने संसदले युवा पुस्ता र जनताको चाहना बमोजिम व्यापक संशोधन गरौं तर मुलुकलाई शून्यताको अवस्थामा नपुर्याऔं ।’
केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि आन्दोलनपछि अब के हुन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा जिल्लास्थित राजनीतिक दलहरू मौन रहेका बेला कांग्रेसले प्रदर्शन गर्दै संविधान बचाउका लागि जुट्न आग्रह गरेको हो ।