मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान र संसद्‌बाट निकास खोजौँ : सूर्य थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

एमाले नेता तथा सांसद सूर्यबहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आमनागरिकलाई आश्वस्त र विश्वस्त बनाउन आग्रह गरेका छन् ।

थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसद्बाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन् ।

‘सरकार बनाउने संसद्ले हो । यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुनेछैन । इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

उनले जनताको नासो संसद् विघटनको असंवैधानिक कदममा देशी–विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको उल्लेख गरेका छन् ।

‘संविधानसम्मत र सार्वभौम संसद्को छलफल एवं निर्णयभन्दा भिन्न ढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन, स्वतन्त्रता र मानव अधिकारका लागि पटक–पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने कदम हुनेछ,’ उनले भनेका छन् ।

सांसद थापाले अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषयलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्न सक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान रहेको बताउनुभएको छ । अहिलेको समस्या संविधानभित्र रहेर सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुने उनको जोड रहेको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू संविधानविपरीतको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौँ । सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीँ कतैबाट नहोस्,’ उनले भने ।