मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यसचिवले गरे सचिवहरूसँग भर्चुअल संवाद, राजनीतिक नेतृत्व नहुँदा ठोस निर्णय भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

जेन–जीको आन्दोलन र आगजनीपछि सिंहदरबार अस्तव्यस्त भएपछि मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका छन्। घटनाबारे सामान्य छलफल भए पनि ठोस निर्णय भने नभएको सहभागी एक सचिवले जानकारी दिए।

जेन–जीको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलले कर्मचारी प्रशासन पनि अस्तव्यस्त छ। ती सचिवले भने, ‘सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा कोही पनि गएका छैनन्। यद्यपि, बुधबार मुख्यसचिवज्यूसँग भर्चुअल संवाद भने भएको छ। हामी कर्मचारी राजनीतिक नेतृत्व नहुँदा केही निर्णय लिन नसक्ने अवस्थामा छौँ ।’

राजनीतिक निकासपछि मात्रै प्रशासनिक गतिविधि सामान्य अवस्थामा फर्किने सम्भावना देखिएको ती सचिवको भनाइ छ। सेनाले जारी गरेको निषेधाज्ञामा सरकारी निकायका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सार्वजनिक संस्थानका कर्मचारीलाई परिचयपत्र देखाएर आवतजावतमा सहजीकरण गर्ने उल्लेख छ।