
जेन-जी समूहबाट अन्तरिम सरकारको प्रमुखमा सिफारिस पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन् ।
बालेनको सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘जेन-जीले गरेको निर्णयमा मेरो पनि समर्थन छ भनेर उहाँले भन्नुभएको छ ।’
उता धरानका मेयर हर्क साम्पाङले भने आफूहरूले सुशीला कार्कीलाई समर्थन गरेको कुरा गलत भएको भनेर फेसबुकमा लेखेका छन्। आफू र बालेनले कार्कीलाई समर्थन गर्ने निर्णय नगरेको उनको भनाइ छ। साम्पाङले प्रधानमन्त्रीका लागि आफू नै तयार रहेको बुधबार प्रधानासेनापतिसँग छलफलबाट निस्किएपछि बताएका छन्। बालेनले भने प्रधानमन्त्रीका लागि इच्छा देखाएका छैनन्।